पारिवारिक समस्याका कारण फिल्मको छायांकनमा जोडिन नपाएपछि निरास भए शाहरुख — OSNepal

पारिवारिक समस्याका कारण फिल्मको छायांकनमा जोडिन नपाएपछि निरास भए शाहरुख

LC (KTM) November 14, 2021 0

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले पारिवारिक समस्याका कारण विगत डेढ महिनादेखि फिल्मको छायांकनमा जोडिन नपाएकोमा सम्बन्धित निर्मातासँग माफी मागेका छन् ।

अभिनेता शाहरुखले समय दिन नसकेका कारण उनका फिल्महरूको छायांकन अहिले रोकिएको छ । जसका कारण निर्धारित समयमा ती फिल्म रिलिज गर्न अब निर्माण पक्षलाई गाह्रो हुने भएको छ । शाहरुखले यसअघि रोकिएको फिल्म पठानको छायांकन पहिला सुरु गर्ने बताएका छन् ।

लागूऔषध प्रकरणमा जेल परेका छोरा आर्यन खानलाई तारिखमा छुटाएपछि बल्ल तनाव कम भएको महसुस गरेका शाहरुख अब तीन दिनपछि छोराको २३औं जन्मोत्सव मनाएर फिल्मको छायांकनमा फर्कने भएका छन् । परिवारको खुसीका लागि छोराको जन्मदिन मनाएर आफू छायांकनमा जाने उनको कथन छ ।

फिल्म पठानको छायांकनका लागि उनी त्यसपछि स्पेन जानेछन् । यो फिल्मको छायांकन सकिनासाथ अन्य फिल्मको छायांकनमा जोडिने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर