पार्टीभित्र केही विमति थियो त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्नुपर्नेमा नेपालले त आफ्नै हिसाबले पार्टी फोर्नुभयो : भट्टराई — OSNepal

पार्टीभित्र केही विमति थियो त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्नुपर्नेमा नेपालले त आफ्नै हिसाबले पार्टी फोर्नुभयो : भट्टराई

LC (KTM) September 17, 2021 0

काठमाडौं १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले ढिलो चाँडौ माधव नेपाल एमालेमै फर्किने बताएका छन् ।

आज शुक्रबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता भट्टराईले विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने टिप्पणी गरेका हुन् ।

नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरुको मनमा अझै एमाले नै रहेकाले उहाँहरु एक दिन एमाले सिक भएर फर्किने बताएका छन् ।

आफुहरु नेपालसहितको एमलो बनाउन लागि परेको बताएका उनले पत्रकार सम्मेलनमा भने, ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो, पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’

नेताहरु कसै नेताको पछि नलाग्ने बताएका उनले आफुहरुले पनि अध्ययन गरेर विश्लेषण गरी विवेक गर्न सकिने बताएका छन् । ‘नेता कार्यकर्ताहरु नेपालगञ्जको टाँगाको घोडाजस्ता होइनन्, दायाँबायाँ नहेरी नेताको पछि लाग्ने’ भट्टराईले भने ।

नेपालले नै १० बुँदे सहमति नमानेर हिडेको समेत खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर