पार्टीमा एकताको लागि अब नेपाल पक्षलाई धेरै पर्खिनु उचित छैन : ईश्वर पोखरेल — OSNepal

पार्टीमा एकताको लागि अब नेपाल पक्षलाई धेरै पर्खिनु उचित छैन : ईश्वर पोखरेल

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा एकताको लागि वरिष्ठ नेता माधव नेपाल पक्षलाई धेरै पर्खिन उचित नभएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै नेता पोखरेलले पार्टी एकता गर्दा विधानसम्मत हुनुपर्ने भन्दै नेपाल पक्षलाई पर्खिनु उचित नभएको बताएका हुन् ।

पार्टी एकता विधिसम्मत हुनुपर्छ भन्ने अडान राखेका पोखरेलले भने, ]दिनहुँ एक खालको नयाँ प्रस्ताव आउने भएकाले पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकता लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ] ।

आज बेलुका सम्म एकताको विषयमा केहि कुरा हुन्छ भन्ने आशमा बसेका पोखरेलले भने, ‘सम्भवत ;आज बेलुकासम्म केही कुरा होलान् । त्यसपछि धेरै प्रतिक्षा गर्नु उचित हुँदैन भन्ने नै छ ‘। उनले अघि भनेका छन् , ‘पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ जेठ २ गते जाने कुरा गरिरहेका छौं । त्यहाँ बेलाको विद्यामान विधान र निमायवीले के भन्छ ? त्यसले अनुमति दिने, स्वीकार गर्ने, त्यसमा व्यवस्था भएको कुरालाई सबैले पालना गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर