पार्टी एकताको लागि भट्टराईले गरे अपिल ! सबैले आफ्नो बिगतलाई हेरी, धैर्य र संवाद गरौ — OSNepal

पार्टी एकताको लागि भट्टराईले गरे अपिल ! सबैले आफ्नो बिगतलाई हेरी, धैर्य र संवाद गरौ

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री योगेश भट्टराईले फेरि एक पटक पार्टी एकताको लागि सबैलाई ब आफ्नो विगत सम्झी संवाद गर्न आग्रह गरेका छन् । कारवाही , प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा नपुर्याएको भन्दै नेता भट्टराईले ट्वीटर मार्फत सबैलाई पार्टी एकताको लागि संवाद गर्न अपिल गरेका हुन् ।

विपक्षी गठबन्धको सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा आपत्ती जनाउँदै पार्टीलाई धोका दिँइदैन भन्दै सत्ता पक्षमा आएका भट्टराईले यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्, पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौ ।

नेता भट्टराईको ट्वीट कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर