पार्टी एकताको लागि भन्दै आज बस्न लागेको स्थायी कमिटिको बैठक अगावै नेपाल समुहले केन्द्रिय बैठक बोलाएपछि... — OSNepal

पार्टी एकताको लागि भन्दै आज बस्न लागेको स्थायी कमिटिको बैठक अगावै नेपाल समुहले केन्द्रिय बैठक बोलाएपछि…

LC (KTM) June 03, 2021 0

काठमाडौं २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहले बोलाएको केन्द्रिय समितिको बैठक प्रति आपत्ती जनाएको छ । प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठक प्रति आपत्ती जनाएका हुन् ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज बिहिबार एक विज्ञप्ती जारी गर्दै पार्टीको विधानमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्र केन्द्रीय समिति बैठक बोलाउन सक्ने प्रावधान रहेकोले यस्ता अनासधकृत समुहले बोलाएको बैठकमा समभागी नहुन केन्द्रिय सदस्यहरुलाई आग्रह गरिएको छ । अहिले ११ बजे नेपाल सुमहको केन्द्रिय समितिको बैठक बस्दै छ

आजै अपरान्ह्र चार बजे ओली समुहले पनि स्थायी कमिटिको बैठक बोलाएका छन् । अघिल्लो बैठकमा पनि पार्टी एकताको लागि अन्तिमसम्म प्रयास गर्ने भन्दै नेपाल सुमहका थप १२ जनालाई तत्काल कारवाही नगरिने निणर्य गरेको थियो । तर आज नेपाल समुहले बोलाएको केन्द्रिय बैठकप्रति आपत्ती जनाएका ओलीले आजको बैठकमा के निणर्य लेलान् त्यो भने चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर