पाल्पामा माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर सुमित्राले अकालमै गुमाइन ज्यान — OSNepal

पाल्पामा माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर सुमित्राले अकालमै गुमाइन ज्यान

LC (KTM) November 20, 2021 0

पाल्पामा माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

सोही घटनामा सङ्लग्न रहेको भन्दै प्रहरीले छ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन् । मङ्गलबार विकको मत्यृ भए पनि प्रहरीले दुईपछि बिहीबार मात्र घटनामा सङ्लग्नलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर