पीएम कप: खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित — OSNepal

पीएम कप: खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित

LC (KTM) January 15, 2022 0

काठमाडौं, १ माघ-खेलाडीमा कोरोना   आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ ।प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएकाे थियाे । तर, प्रदेश–१ का खेलाडीमा काेराेनाकाे आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ ।एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानिका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर