पुत्र शोकमा परेका मियर चौधरीलाई समवेदना प्रकट गर्न अध्यक्ष नेपाल पुगे उदयपुर — OSNepal

पुत्र शोकमा परेका मियर चौधरीलाई समवेदना प्रकट गर्न अध्यक्ष नेपाल पुगे उदयपुर

LC (KTM) November 21, 2021 0

काठमाडौं ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवोदी) का अध्यक्ष माधवकुमार नेपाल समवेदना प्रकट गर्न उदयपुर पुगेका छन् ।

जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई समवेदना प्रकट गर्न नेता नेपाल उनको घरमै पुगेका हुन् । त्रियुगा नगरपालिका १३ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजनप्रति समवेदना प्रकट गरेका गरेका छन् ।

चौधरीका ३२ वर्षीया छोरा मनोज चौधरीको शनिबार बनभोज जाँदा पौडीखेल्ने क्रममा डुबेर ज्यान गएको थियो । सोही कारण पुत्र शोकमा परेका मेयर चौधरीलाई समवेदना प्रकट गर्न उनकै निवास पुगेका हुन् ।

नेपालले चौधरी पुत्रको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि अर्पन गरेर त्रियुगा नदीको घाटसम्म मलामी र्नै गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर