पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र — OSNepal

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा मूल्यबृद्धिले जनताको दैनिकीमा प्रत्येक्ष असर परेको भन्दै तत्काल मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । यदि मुल्यवृद्धि फिर्ता नलिए देशभर कठोर आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने समेत ज्ञापनपत्रमा भनिएको छ ।

उक्त ज्ञापनपत्रमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरीका अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेललगायत नेताहरुको हस्ताक्षर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर