पोखराको लेकसाइडमा भिषण आगलागी, साढे २ करोड बढीको क्षति (भिडियो) — OSNepal

पोखराको लेकसाइडमा भिषण आगलागी, साढे २ करोड बढीको क्षति (भिडियो)

LC (KTM) November 22, 2021 0

पोखरा । एकाबिहानै पोखराको लेकसाइडमा भिषण आगलागी भएको छ ।कास्की जिल्ल्ला पोखरा महानगरपालिका ०६ लेकसाइडको फुटपाथमा भिषण आगलागी छ । सोमबार (आज) बिहान ३ः४५ बजे सुरु भएको आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि धनसम्पति जलेर नष्ट भएको छ । आगलागी के कारणले भएको भन्ने बारे अझै खुल्न सकेको छैन । उक्त स्थानमा रहेको भारतीय नागरिकले सञ्चालन गरेको टिनका पसलबाट आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ ।

उक्त आगलागीमा अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हाराहारीमा नोक्सानी भएको हुनसक्ने आँकलन गरिएको छ ।0अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको र आगलागीले गरेको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर