पोखरामा मुल्य वृद्धीको बिरुद्धमा सडकमा तरकारी बिनाको खाना पकाउदै केराको पातमा खादै विद्यार्थीको प्रदर्शन — OSNepal

पोखरामा मुल्य वृद्धीको बिरुद्धमा सडकमा तरकारी बिनाको खाना पकाउदै केराको पातमा खादै विद्यार्थीको प्रदर्शन

LC (KTM) November 23, 2021 0

पोखरा- पोखरामा संयुक्त विद्यार्थीको आयोजनामा मुल्य वृद्धीको बिरुद्धमा प्रदर्शन भएको छ ।पोखराको पृथ्वी नारायण क्याम्पसको गेट आगाडी आज संयुक्त विद्यार्थीको आयोजनामा सडकमा दाउरा बालेर खान पकौदै केराको पातमा भात खाएर सांकेतिक प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थ ,खाना पकाउने तेल , ग्यास लगाएतका सामाग्रीमा भएको चर्को मुल्य वृद्धीको विरुद्धमा आफुहरुले विबिन्न समयमा आन्दोलन गर्दै आएको भएपनि सरकारले आफुहरुको माग सुनुवाई नगरेपछि थप आन्दोलन गर्न बाध्य भएको नेताहरुले बताएका छन् ।

त्यस्तै पोखरामा बिभिन्न बिद्यार्थी संगठनहरुद्वारा बिरोधका कार्यक्रमहरु सार्वजनि गरेका भएका छन् । केहि दिन अगाडी मुल्यबृद्धीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी बिप्लवले नेपाल बन्द पनि गरेको थियो । पछिल्लो समय बजारमा धेरै सामाग्रीमा मुल्य बृद्धी हुदै आएपछि जनाताहरु पनि निरास भएका छन् ।

सरकारले बिभिन्न बहानामा मुल्यबृद्धी गरेको भन्दै असन्तुस्ट रहेका पार्टीहरु पनि यति बेला सरकारको आलोचना गरिरहेका छन् भने अब आउने निर्वाचनमा सबैले एक्पाली सोचेर देश र जनताको लागि काम गर्ने नेता चुन्नुपर्ने भनाई पनि व्यक्त गर्दै आएका छन् ।तलको भिडियोमा हेर्नुहोस आज पोखरामा विद्यार्थीको आयोजनामा गरिएको अनौठो सांकेतिक विरोध प्रदर्शन कार्यक्रम -भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर