पोखरामा यस्तो बन्यो केवलकार : अंग्रेजी नयाँ वर्षमा चढ्न पाइने, भाडा कति हेर्नुहोस — OSNepal

पोखरामा यस्तो बन्यो केवलकार : अंग्रेजी नयाँ वर्षमा चढ्न पाइने, भाडा कति हेर्नुहोस

LC (KTM) November 20, 2021 0

पाेखरा, ४ मंसिर । पोखरामा निर्माण भईरहेको अन्नपुर्ण केवलकार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नोभेम्बरको अन्तिमबाट डिसेम्बर पहिलो हप्तामा सबै काम सकेर गोण्डला सेदीबाट सराङकोट पुर्याएर परिक्षणको लागि केवलकारले तयारी गरिरहेको छ । सर्वसाधारणहरुलाई व्यवसायिक रुपमा आगामी जनवरी १ अर्थात अंग्रेजी नयाँबर्ष देखि संचालन गर्ने तयारी भईरहेको जनाइएको छ । अहिले जापानस्थित निपोन कम्पनीले प्राविधिक तर्फको अन्तिम काम गरिरहेको अन्नपुर्ण केवलकार प्रालि का संचालक मध्येका एक तिर्थराज त्रिपाठीले बताउनुभयो ।

केवलकार पोखरा १८ सेदी देखी चढेर सराङकोटमा पुग्न सकिन्छ । अन्नपूर्ण केवलकारसेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको हुने छ । सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा हुने छ । तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । १८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छन् । प्रत्येक डिब्बामा आठजना यात्रुको क्षमताको हुने उहाँको भनाई रहेको छ । केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्ने छन् ।

केवलकारमा स्वदेशी पर्यटकलाई ६ सय रुपैया भाडादर तोकिएको छ । केवलकारमा विद्यार्थी र जेष्ठनागरिकलाई भने छुटको व्यवस्था रहेको संचालक त्रिपाठीले बताउनुभयो । केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उहाँको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर