पोखरा आउदै गरेको गाडीमा झोलामा यस्तो भेटीएपछि प्रहरीले तत्कालै लियो एक्सन — OSNepal

पोखरा आउदै गरेको गाडीमा झोलामा यस्तो भेटीएपछि प्रहरीले तत्कालै लियो एक्सन

LC (KTM) November 27, 2021 0

पोखरा । पोखराबाट १ लाख ९४ हजार अमेरिकी डलरसहित गुरुङ पक्राउ परेका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका ३३ मा अमेरिकी डलर १,९४,२०० सहित १ जना पुरुषलाई कास्की प्रहरीले पक्राउ गरेको हो । कास्की जिल्लामा विदेशी अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वप्रका गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पुरुषलाई पक्राउ गरेको हो ।

मङ्सिर १० गते अन्दाजी २ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३३ मा काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुस्ताङ जिल्ला लो-घेकर दामोदर कुण्ड गा.पा. वडा नं -१ स्थायी घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ९ शिवालयचोक बस्ने वर्ष ४२ का छिरिङ डुन्डु गुरुङ रहेका छन् ।

गुरुङको साथबाट अमेरिकी डलर १,९४,२०० रकम, नागरिकताको प्रमाणपत्र, चेक बुक थान १ र मोबाईल २ थान कास्की प्रहरीले बरामत गरेको छ । गुरुलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर