पोखरीमा पूजा गर्दै मैथली समुदायका व्रतालु महिला — OSNepal

पोखरीमा पूजा गर्दै मैथली समुदायका व्रतालु महिला

LC (KTM) December 05, 2021 0

रैब पर्वका अवसरमा सप्तरीको राजविराजस्थित कल्टु पोखरीमा पूजा गर्दै मैथली समुदायका व्रतालु महिला । मङ्सिर महिनाबाट सुरु भएको यो पर्व वैशाखसम्म प्रत्येक हप्ताको आइतबारका दिन उपास बस्ने चलन छ ।

विवाहपञ्चमी महोत्सवमा धनुषयज्ञ-जनकपुरधाममा आज रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मकरुप धारण गरेका बालबालिकाले पनि धनुष भाँच्ने अर्थात् धनुषयज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिनुभयो ।

रामायणमा वर्णन गरिएअनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेकाले धनुषयज्ञमा चौतर्फी रुपमा दर्जनौं शक्तिशाली र बलबान राजा महाराजा र राजकुमार सहभागी भए पनि कसैले धनुष हल्लाउन सकेनन् ।

अन्त्यमा आयोध्याबाट आएका दशरथपुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको थियो । धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ मनाइएको छ । विवाहपञ्चमीको चौथो दिन भोलि सोमबार तिल्कोत्सव, मङ्गलबार मटकोर रहेको छ भने बुधबार मुख्य दिन विवाह महोत्सव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर