पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट — OSNepal

पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट

LC (KTM) November 15, 2021 0

काठमाडौं, २९ कात्तिक – पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ । आइतबार कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

पोर्चुगलको घरेलु मैदानमा रेनेटो सान्चेसले सुरुआती गोल गरेपनी सर्बियाले खेलमा पुनरागमन गरेको हो । खेलको ३३औँ मिनेटमा डुसान टाडिकले गोल गरे भने खेलको ९०औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को रोमान्चक जित दिलाए ।

जितसँगै समूह ‘ए’को सर्बियाले ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । अब पोर्चुगलले विश्वकप छनोटका लागि प्ले अफ खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर