प्यारालाइसिस पीडित अभिसनको उपचारको लागि नौ लाख हस्तान्तरण गर्दै इन्द्रेणीका कृष्ण कँडेल — OSNepal

प्यारालाइसिस पीडित अभिसनको उपचारको लागि नौ लाख हस्तान्तरण गर्दै इन्द्रेणीका कृष्ण कँडेल

LC (KTM) November 25, 2021 0

दमौली, ९ मङ्सिर -तनहुँको व्यास नगरपालिका–१ निवासी प्यारालाइसिस पीडित अभिसन थापा मगरको उपचारार्थ रु नौ लाख हस्तान्तरण गर्दै गैरआवासीय सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ र इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल । अमेरिकामा सङ्कलित रकम पीडितको परिवारलाई हस्तान्तरण गरिएको हो । तस्वीर ः कृष्ण न्यौपाने÷रासस

शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त-प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ । विभिन्न आन्दोलनका क्रममा शहीद भएका परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समिति गठन गरेको हो ।प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा विभिन्न आन्दोलनमा शहीद भएकाहरुका परिवारका सदस्यलाई समितिमा नियुक्त गरेको हो । प्रतिष्ठानले सर्लाहीका रामनरेशराय यादव, महोत्तरीकी सिम्पीकुमारी साह, सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जैसवाललाई नियुक्त गरेको जनाएको छ ।

नवनियुक्त सदस्यहरुलाई आजै प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गर्नुभयो । मधेशी शहीद प्रतिष्ठान निर्देशिका अनुसार प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार सदस्य तथा मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । प्रमाणपत्र प्रदान गर्नुहुँदै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेको उपचार र उनीहरुका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्थालगायत काममा जुट्न सदस्यहरुलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर