प्रकाशमानलाई भेटे लगत्तै कोइराला पुगे देउवालाई भेट्न बालुवाटार — OSNepal

प्रकाशमानलाई भेटे लगत्तै कोइराला पुगे देउवालाई भेट्न बालुवाटार

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

बिहान मात्रै नेता प्रकाशमान सिंहलाई भेट्न चक्सावारी पुगेका कोइराला यति बेला पार्टीको सभापति समेत रहेका देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार दुई नेताबिच आगमी महाधिवेशनको विषयमा छलफल भइरहेको बताइएको छ ।

कोइराला आगामी महाधिवेशनको लागि सभापति पदका आकांक्षी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर