प्रकाशमान सिंहको गर्जन : न्यायालयको गतिरोधमा सरकार मुखदर्शक भएर बस्न मिल्दैन — OSNepal

प्रकाशमान सिंहको गर्जन : न्यायालयको गतिरोधमा सरकार मुखदर्शक भएर बस्न मिल्दैन

LC (KTM) November 17, 2021 0

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको गतिरोधमा सरकार मुदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताए ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुखदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ’, उनले भने ।

एक दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने सिंहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर