प्रचण्डको टिप्पणी : महाधिवेशनको नाममा सबै पार्टीले गरे चुनावको तयारी — OSNepal

प्रचण्डको टिप्पणी : महाधिवेशनको नाममा सबै पार्टीले गरे चुनावको तयारी

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीले महाधिवेशनको नाममा आउँदो चुनावको तयारी गरेको बताएका छन् ।

बुटवलमा आयोजित पार्टीका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

आउँदो चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने भन्दै उनले सबै दलहरु बिच सहकार्य हुनु जरुरी रहेको बताएका छन् ।

‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर