प्रचण्डलाई पनि लाग्यो कोरोना, कस्तो छ अहिले प्रचण्डको स्वास्थ्य ? — OSNepal

प्रचण्डलाई पनि लाग्यो कोरोना, कस्तो छ अहिले प्रचण्डको स्वास्थ्य ?

LC (KTM) January 08, 2022 0

काठमाडौं, २४ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड-१९ को संक्रमण भएको छ ।

शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन् ।

प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।

माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए ।

नेता नारायणकाजी श्रेष्ठले पनि कोभिड संक्रमण भएको आजै जानकारी दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर