प्रचण्ड र माधव नेपालको सातो जाने अभिव्यक्ति दिए गगन थापाले — OSNepal

प्रचण्ड र माधव नेपालको सातो जाने अभिव्यक्ति दिए गगन थापाले

LC (KTM) January 05, 2022 0

काठमाडौं, २१ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए ।

उनले राष्ट्रिय सभाकोल चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं,’ उनले भने ‘गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ ।

त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।’ थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर