प्रचण्ड र विप्लवबीच भेटवार्ता तत्काल सहकार्य गर्ने सहमति — OSNepal

प्रचण्ड र विप्लवबीच भेटवार्ता तत्काल सहकार्य गर्ने सहमति

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भएको भेटमा दुईबिच पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दुई नेता बिच भएको भेटमा सहभागी भएका थिए ।

दुई पार्टी मिलेर जाने विषयमा सकारात्मक छलफल भएको बुझिएको छ । तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल गर्दै जाने सहमतिमा पुगेको स्रोतले जनाएको छ ।

केहि दिन यता विप्पलव र प्रचण्डबिच पार्टी एकताको विषयमा छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर