प्रतिक्षा काफ्लेसँग यस्तो अबस्थामा फेला परे शिशिर — OSNepal

प्रतिक्षा काफ्लेसँग यस्तो अबस्थामा फेला परे शिशिर

LC (KTM) November 18, 2021 0

शिशिर भण्डारीले पहिलोपटक बुढोको भुमिका निर्वाह गरेको नयाँ गीत ‘बुँगो’ बजारमा आएको छ । बिभिन्न गीतहरुमा भिन्न भिन्न भुमिकामा प्रस्तुत हुने शिशिरले यस गीतमा दुई भुमिका निर्वाह गरेका छन् । उनी एक अल्लारे र अर्को बृद्धको भुमिकामा छन् । दर्शकहरुले शिशिरको भुमिका रुचाएका छन् ।

नारायण थापा र सरु गौतमको आवाज रहेको उक्त गीतमा महिला मोडल भने प्रतिक्षा काफ्लेको अभिनय रहेको छ । आफु अभिनित तेस्रो म्युजिक भिडियोमा प्रतिक्षाले निकै राम्रो अभिनय प्रस्तुत गरेकी छिन् । गीतमा उनको भुमिका पनि रुचाइएको छ र आगामी दिनहरुका लागि दर्शकहरुले उनलाई शुभकामना दिएका छन् ।

दिपक शर्माको शव्द सँगीत रहेको गीत आभुषण इन्टरटेनमेन्टबाट बजारमा आएको हो । गीतका गायक नारायण थापा अघिल्ला गीहरु भन्दा रमाईलो गीतको साथमा दर्शहरु माँझ आए । गीतमा एक अल्लारे केटा र अर्की केटीको गाउँले प्रेमलाई प्रस्तुत गरिएको छ । गायक थापाले दर्शक, स्रोताहरुले राम्रो प्रतिक्रिया दिँदा हौसला बढेको बताए ।
गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने सन्तोष राजवहाकले निर्देशन गरेका हुन् । गीतमा शिशिर र प्रतिक्षाको अलावाह श्रद्धा गौतम। निरायु गौतम , सन्तोष कार्की आदिको भुमिका रहेको छ । गीतको भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर