प्रतिनिधि विवादका कारण स्थगित भएको गैरआवासीय नेपाली संघको निर्वाचन हुने पक्का — OSNepal

प्रतिनिधि विवादका कारण स्थगित भएको गैरआवासीय नेपाली संघको निर्वाचन हुने पक्का

LC (KTM) November 19, 2021 0

प्रतिनिधि विवादका कारण स्थगित भएको गैरआवासीय नेपाली संघको निर्वाचन हुने भएको छ । निर्वाचन यहि डिसेम्बर १५ मा हुने तय भएको हो । बिबाद सिर्जना भएपछी निर्वाचन स्थगित भएको थियो । तर अब निर्वाचनको नयाँ मिति तय भएको अध्यक्ष कुमार पन्तद्वारा जारी विज्ञप्तिमा जनाएको छ।

विश्वज्ञान सम्मेलन डिसेम्बर १९ र २० मा हुने भएको हो। आउने चुनावमा तीन समूह पयनल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। उपाध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार कुल आचार्य प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। विवाद परराष्ट मन्त्रालयमा पुगेको थियो। मन्त्रालयले पटकपटक पत्राचार गरी विवाद टुङ्गोमा पुर्याएर चुनाव गर्न निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर