प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्यो ह्रिप — OSNepal

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्यो ह्रिप

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । प्रदेश १का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मतमा मतदान गर्न नेपाली कांग्रेसले ह्रिप जारी गरेको छ ।

सोमबार संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले भोली कात्तिक ३० गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले लिने विश्वासको मतमा मतदान गर्न ह्रिप जारी गरेको हो ।

गठबन्धनलाई निरन्तरता दिने भन्दै कांग्रेसले ह्रिप जारी गरेको हो । मुख्यमन्त्री राई नेकपा एकिकृत समाजवादी पार्टीबाट नियुक्त भएका हुन् । उनलार्य पाँच दलको समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर