प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत दिँदे गर्दा यस्तो छ अंकगणित ५० सांसदले मत दिने पक्का — OSNepal

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत दिँदे गर्दा यस्तो छ अंकगणित ५० सांसदले मत दिने पक्का

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदै छन् । मंगलबार नेपाल बन्दका कारण लिने भनिएको विश्वासको मत बुधबारलाई सारिएको हो ।

गत कात्तिक १६ गते सत्तारुढ गठवन्धन दलहरुको समर्थनमा मुख्यमन्त्री बनेका राईलाई आफ्नो सरकार टिकाउन प्रदेशमा ४७ मतको आवश्यक रहेको छ । हाल ९३ जना सांसद रहेको उक्त प्रदेशमा ४० जना ससद विपक्षी दलका र एक जना राप्रपाका रहेका छन् ।

५० जना गठवन्धनका सांसदले भने विश्वासको मत दिने भएका छन् । यसरी हेर्ने हो भने राईले बहुमत पाउने निश्चित रहेको छ । उनले मुख्यमन्त्रीमा नियुक्त भएको २ सातमा पछि मात्र विश्वासको मत लिन लागेका हुन् ।

यस अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमलेका भिम आचार्यको सरकार रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर