प्रदेश १ का मुख्यमन्त्री राई हिरोइनहरु संग स्टेजमै यसरी नाचे, रचना रिमाल संग प्रेममा परेको भनेपछि दर्शक नै भए छक्क — OSNepal

प्रदेश १ का मुख्यमन्त्री राई हिरोइनहरु संग स्टेजमै यसरी नाचे, रचना रिमाल संग प्रेममा परेको भनेपछि दर्शक नै भए छक्क

LC (KTM) November 27, 2021 0

तेस्रो देश पुर्नबास पछि झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर प्राय: सुनसान हुने गरेको छ । शिबिरमा केहि शरणार्थीहरु मात्र रहेका छन् । तर आज यहि शिबिरमा एकदमै रौनक छायो । बिभिन्न कलाकारको प्रस्तुती संगै बेलडाँगी आज जुरुक्कै उठेको हो । आज इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा बिभिन्न कलाकार सहितको टोलीको उपस्थितीले माहोल तताएको हो ।

अझै प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राई समेत स्टेजमा छमछमि नाचेपछि माहोल नै अर्कै बनेको थियो । जब गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाए त्यसपछि माहोल तातिएको थियो । यो गीतमा गायिका रचना रिमाल , गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसी लगायत कलाकारसँग मुख्यमन्त्री राईले छमछमी नाचेका थिए । त्यस्तै मुख्यमन्त्री राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताउँदा उपस्थित दर्शकहरु छक्क परेका थिए ।

मुख्यमन्त्री राईले गायिका रचनाको गाउने क्षमतामा मात्र हैन बोल्ने शैलीको समेत प्रशंसा गरेका थिए । त्यसैले रचना संग आफू वान साइड लभमा परेको बताए ।’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा परेका छु । यो भन्दा अचम्म लाग्न सक्छ ’, उनले भने, ’उनको गायिकी क्षमताको प्रेममा परेको हुँ । उनले आफु कलाप्रेमी रहेको बताउँदै कलाको सदैब सम्मान गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर