प्रदेश १ को महिलाको कोटा मार्फत केन्द्रिय सदस्यमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुकाको उम्मेद्धारी — OSNepal

प्रदेश १ को महिलाको कोटा मार्फत केन्द्रिय सदस्यमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुकाको उम्मेद्धारी

LC (KTM) November 25, 2021 0

देशभर स्थानीय तहको निर्वाचन हुँदा सबै महिलाले उपप्रमुख तथा उपाध्यक्षको उम्मेद्धारी दिईरहेका बेला झापाको स्थानीय तह कमल गाउँपालीकाको अध्यक्षमा दाबी प्रस्तुत गरेर जित्ने महिला जनप्रतिनिधि मध्ये एक हुन् मेनुका काफ्ले । उनलाई नचिन्ने बिरलै रहेका छन् । उनले बराबरी मत ल्याएर गोला प्रथाद्धारा बाजी मारेकी हुन् ।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये एकमात्रै महिला प्रमुख हुन उनी सफल भएकी हुन् । यिनै महिला अध्यक्ष मेनुका काफ्लेले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी प्रस्तुत गरेकी छिन् । उनी अहिले अखिल नेपाल महिला संघ प्रदेश १ संयोजक तथा गाँउपालिका राष्ट्रिय महासंघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी छिन् ।

काफ्लेले प्रदेश १ तर्फको महिला कोटामा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन् । काफ्ले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनितिमा होमिएकी उनले पञ्चायतकालमा भूमिगत राजनीतिमा समेत आफुलाई क्रियाशील नै राखेकी थिईन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् – यस १०औ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा साथीहरु बाट आएको सुझावलाई आत्मसात गर्दै प्रदेश नम्बर १ तर्फको महिला कोटाबाट केन्द्रीय सदस्यका लागि उम्मेद्बारी घोषणा गर्दछु र सम्पुर्ण महाधिवेशन प्रतिनिधि कमरेडहरूको साथ र मतको अपेक्षा राख्दछु, धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर