प्रदेश १ मा आज एकै दिन १ हजार २९९ संक्रमणमुक्त, नयाँ संक्रमित ३९३ थपिए — OSNepal

प्रदेश १ मा आज एकै दिन १ हजार २९९ संक्रमणमुक्त, नयाँ संक्रमित ३९३ थपिए

LC (KTM) June 17, 2021 0

प्रदेश १ मा आज १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६,पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा २–२, कानेपोखरी र जहदामा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २–२, गढीकोशी गाउँपालिका र बराहक्षेत्रमा १–१ जना संक्रमित भएका छन् ।

झापाको विर्तामोडमा १५,हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा४–४, कमलगाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३९, ते¥हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३,त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २–२, इलाम नगरपालिका, चुलाचुली र माईमा १–१, संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीयतह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७हजार २२८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १३ हजार ७८३ रहेको छ । प्रदेश १ मा आज १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७५ महिला र २१८जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर