प्रदेश १ मा भोली बाट लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियान शुरु हुँदै — OSNepal

प्रदेश १ मा भोली बाट लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियान शुरु हुँदै

LC (KTM) November 24, 2021 0

प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा भोली (विहीबार) देखि लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियान शुरु हुँदै छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकले ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मन्त्री यादवको अध्यक्षतामा गठित मूल समारोह समितिले विहीबार विहान ७ वजे विराटनगर देवकोटा चौकबाट अभियानको शुरुवात गर्ने सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार विहान ७ वजे देवकोटा चौकबाट शुरु हुने ¥यालीले बजार परिक्रमा गरि पुन ः देवकोटा चौकमा आएर समापन हुने छ ।

अभियान अन्र्तगत मंसिर ९ गते साँझ ५ वजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिने कार्यक्रम तय गरिएको महाशाखा प्रमुख बरालले बताउनुभयो । उहाँका अनुसार १६ दिन भरि नै जनचेतनामुलक विविध कार्यक्रम सञ्चालन हुने छ । साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर