प्रदेश १ मा २४ घण्टा यता २४ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु — OSNepal

प्रदेश १ मा २४ घण्टा यता २४ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु

LC (KTM) November 28, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ । ३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४, हल्दिबारीमा २, शिवसताक्षी, कनकाई, बाहृदशीमा १–१, मोरङको विराटनगरमा २, कानेपोखरी, सुन्दरहरैचा र लेटाङमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा २–२ जनामा संक्रमण देखिएको हो । उदयपुरको उदयपुरगढी र त्रियुगामा १–१, भोजपुरको भोजपुर नगरपालिका, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर