प्रदेश १ मा ३४ जनामा संक्रमण , २६ जना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा ३४ जनामा संक्रमण , २६ जना संक्रमणमुक्त

LC (KTM) November 29, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९, जहदामा ३, पथरीशनिश्चरे, रंगेली, लेटाङ र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको हो । सुनसरीको धरानमा ३, इटहरी र इनरुवामा १–१, धनकुटाको धनकुटा नगरपालिका र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२ महिला र १४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर