प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण — OSNepal

प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण

LC (KTM) November 30, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ८, सुन्दरहरैचामा २, लेटाङ र मिक्लाजुङमा १–१, झापाको दमक र मेचीनगरमा ३–३, विर्तामोडमा २, हल्दिबारी, गौरादह र गौरीगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ४, दुहवी, इनरुवा, र हरिनगरमा १–१, उदयपुरको चौदण्डीगढीमा २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर