प्रदेश १ मा ५८ जनालाई कोरोना संक्रमण , १ जनाको मृत्यु — OSNepal

प्रदेश १ मा ५८ जनालाई कोरोना संक्रमण , १ जनाको मृत्यु

LC (KTM) November 19, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा ७, भद्रपुर र अर्जुनधारामा ४–४, विर्तामोडमा ३, मेचीनगर र कमल गाउँपालिकामा २–२, गौरादहमा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १९, उर्लाबारीमा २ र सुनबर्षीमा १, सुनसरीको धरानमा २, इटहरीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र २१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर