प्रदेश १ स्तरीय व्याडमिन्टन टुर्नामेन्टको उपाधी बेलबारी व्याडमिन्टन क्लबलाई — OSNepal

प्रदेश १ स्तरीय व्याडमिन्टन टुर्नामेन्टको उपाधी बेलबारी व्याडमिन्टन क्लबलाई

LC (KTM) December 09, 2021 0

झापाको शिवसताक्षीमा जारी प्रदेश १ स्तरीय रामचन्द्र गिरी स्मृति व्याडमिन्टन टुर्नामेन्टको विजेता बेलबारी व्याडमिन्टन क्लब बनेको छ । टुर्नामेन्टको भेट्रान र एक्स आर्मीतर्फ सुनसरी व्याडमिन्टन एकाडेमीलाई हराउँदै बेलबारी व्याडमिन्टन क्लब विजेता बनेको हो । विजेता टिमका विकाश श्रेष्ठ र प्रकाश राईलाई नगद २५ हजार सहित शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै उपविजेता सुनसरी व्याडमिन्टन क्लबका उत्तम सिमखडा सुरेश कार्कीलाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक शिवसताक्षी व्याडमिन्टन क्लबले जनाएको छ । त्यस्तै टुर्नामेन्टमा तेस्रो स्थान हासिल गर्ने धनकुटाका किरन प्रधान योगेश्वर श्रेष्ठ र इटहरी व्याडमिन्टन क्लबका श्याम लामा र नविन घिसिङ्गलाई नगद १० हजार सहित मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै खुल्ला तर्फको टुर्नामेन्टमा सुनसरी व्याडमिन्ट एकाडेमी विजेता बनेको छ । मन्तरी पेन्टस इटहरी फाइनलम हराउँदै सन्सुरी व्याडमिन्ट एकाडेमी विजेता बनेको छ । विजेता टिमका सत्यम सुब्बा र प्रकाश राईले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी व्याडमिन्टन क्लब अध्यक्ष विनोद खरेलले बताए ।

त्यस्तै उपविजेता टिमका भोजबहादुर गुरुङ्ग, सनिफ रायाले नगद २० हजार र तेस्रो स्थान हासिल गर्ने सुनसरी व्याडमिन्ट एकाडेमीका रविन साउदे, सन्तोष खड्का त्यस्तै दमक व्याडमिन्टन क्लबका सुदेन राई र प्रकास राई गरी दुवै टिमलाई १० ÷१० हजार नगद सहित प्रमाण पत्र , मेडल प्रदान गरिएको थियो ।

टुर्नामेन्टको समापन कार्यक्रम झापा क्षेत्र नंंं ४ का संघीय सांसद एलपी साँवा लिम्बुले नेपालमा फुटबल मात्र नभई व्याडमिन्टन खेलले पनि ठूलो क्षेत्र ओगटेको बताए । पछिल्लो समय व्याडमिन्ट खेलमा खेलाडी संख्या बढ्न थालेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर