प्रधानन्यायाधीशलाई राजीनामा दिन मंसिर ३ गतेको सम्म बारको अल्टिमेटम ,राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी — OSNepal

प्रधानन्यायाधीशलाई राजीनामा दिन मंसिर ३ गतेको सम्म बारको अल्टिमेटम ,राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई राजीनामा दिन मंसिर ३ अर्थात शुक्रबार सम्मको समय दिएको छ । तिन साता देखि सुरु भएको प्रधानन्यायाधशि विरुद्धको आन्दोलन आज बुधरबार पनि यसले निरन्तरता पाएको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जवराको राजीनामा न्यायालय सदृढिकरणको लागि भएको भन्दै शुक्रबार सम्मको समय दिएको बताएका छन् । शुक्रबार सम्म पनि जवराले राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत अध्यक्ष श्रेष्ठले दिएका छन् ।

‘न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौं । न्यायालयको शिर निहुरिइरहेको छ । वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको छ,’ उनले भने ।

साथै, जवराले गरेका विवादस्पद फैसालबारे पनि बारले अध्ययन गर्ने बताएका छन् । जवरा विरुद्ध तेस्रो चरणको आन्दोलन सुरु भएको समेत श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर