प्रधानन्यायाधीशलाई हटाउन अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ : कमल थापा — OSNepal

प्रधानन्यायाधीशलाई हटाउन अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ : कमल थापा

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नेता कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई हटाउने हो भने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले प्रधानन्यायाधीश हटाउने एक मात्र वैधानिक बाटो भनेको महाअभियोग हो । जुन दलले लगाउने हो भनेका छन् ।

अधिकांश वकिलहरु दलसँग आबद्ध हुने र बारको चुनाव पनि दलगत हुने आधारमा आन्दोलन सर्वोच्चमा नगरी पार्टी कार्यालयमा गर्नुपर्ने उनले बताएका छन् ।

थापाले भनेका छन् , ‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो।महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन्।बारको चुनाव दलगत आधारमा हुन्छ।त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर