प्रधानन्यायाधीश सहित सबै न्यायाधिशले राजीनामा दिनुपर्ने अवस्था देख्छु : ओली — OSNepal

प्रधानन्यायाधीश सहित सबै न्यायाधिशले राजीनामा दिनुपर्ने अवस्था देख्छु : ओली

LC (KTM) November 23, 2021 0

काठमाडौं ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको विषयलाई लिएर टिप्पणी गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा माग गर्दे कात्तिक १४ गते देखि नेपाल बार एसोसिएसनको अगुवाई भइरहेको विरोध कार्यक्रमलाई लिएर अध्यक्ष ओलीले सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका छन् ।

मंगलबार आयोजित सम्पादकहरूसँगको अन्र्तक्रियामा अध्यक्षले ओलीले सबै न्यायाधिशले राजीनामा दिनुपर्ने भन्दै अघि भनेका छन्, ‘अमूक व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य होलाजस्तो लाग्दैन । म त सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु ।’

सर्वोच्च अदालतमा भइरहेको घटना दुखद भएको बताएका ओलीले प्रधानन्यायाधीश जबराले मात्र राजीनामा दिएर समस्या समाधान नहुने समेत बताएका छन् । सबै न्यायाधीशहरुमाथि प्रश्न उठेकाले सबैले राजीनामा गर्नुपर्ने ओलीको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर