प्रधानमन्त्रीको पुत्लासहित आज देशैभर पाँच विद्यार्थी संगठनको आन्दोलन — OSNepal

प्रधानमन्त्रीको पुत्लासहित आज देशैभर पाँच विद्यार्थी संगठनको आन्दोलन

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । प्रमुख पाँच विद्यार्थी संगठनले संसद विघटन विरुद्ध आज देशैभर ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।

उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लामा नेपाल विद्यार्थी संघअनेरास्वयू(क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौ लगायत पाँच विद्यार्थी संगठनले प्रर्शदन गर्ने भएका हुन् । का नेताहरुको बैठकले यस्तो निणर्य गरेको हो ।

अखिल(क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले दिएको जानकारी अनुसार मौसमको अनुकुलतालाई मध्यनजर गर्दै बिहान ११ बजे पछिको जुनसुकै समयमा मौसम अनुकुलता हेरी कार्यक्रम हुने भएको छ । प्रदर्शनमा प्लेकार्ड प्रदर्शन देखी प्रधानमन्त्रिको पुत्ला जलाउने सम्मका कार्यक्रम रहेको मैनालीले जनाएका छन् ।

संयुक्त रुपमा एक प्रेस वक्तव्य जारी गर्दै ,स्वतन्त्र अदालको निर्णयमा हस्तक्षेप नगर्न सरकारको ध्यानार्षण स्वरुप दबाब, सरकारसँग आम विद्यार्थी र शिक्षक लगायतलाई शिघ्र खोप व्यवस्था गरि शैक्षिक बाताबरण तयार गर्न माग तथा मन्त्रि जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र बिरोध गर्ने तयारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर