प्रधानमन्त्रीज्यु टुलुटुलु हेरेर बस्ने काम सरकार र संसदको होइन,महाभियोग लगाउने प्रक्रिया अगाडि बढाउनुहोस् : बार अध्यक्ष श्रेष्ठ — OSNepal

प्रधानमन्त्रीज्यु टुलुटुलु हेरेर बस्ने काम सरकार र संसदको होइन,महाभियोग लगाउने प्रक्रिया अगाडि बढाउनुहोस् : बार अध्यक्ष श्रेष्ठ

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । प्रधानन्यायाधशि चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गर्दै आज सर्वोच्च अदालत देखि बालुवाटर सम्म मार्च पास गरिएको थियो ।

नेपाल बार एसोसियसनको नेतएतवमा भएको मार्च पासमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल ९पापड० पनि सहभागी भएको थियो ।

मार्चपासमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब नागरिक समेत आन्दोलित भइसकेको बताउँदै उनले भनेका छन्, प्रधानमन्त्रीज्यु टुलुटुलु हेरेर बस्ने काम सरकार र संसदको होइन । संरक्षण गर्न खोज्नुभएको ? होइन भने महाभियोग लगाउने प्रक्रिया अगाडि बढाउनुहोस्।’

भ्रष्टाचारमुक्त प्रधानन्यायाधीशको खोजि गरिरहेकामा न्यायालय संस्थामा भ्रष्ट व्यक्तिकमो नेतृत्व रहेको श्रेष्ठले बताएका छन् । गरीवले न्याय पाउन सकेको छैन। जवरा न्यायालयमा उपस्थित हुन सक्षम छैनन्’, श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर