प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट — OSNepal

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट

LC (KTM) November 30, 2021 0

बैतडी, १४ मङ्सिर -कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र भावना जोशी रहेका छन् । यस्तै, पिङ्की बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी विक, जानवी मौनी र ईश्वरी भण्डारीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।

मङ्सिर १० गतेदेखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो । छनोट भएका खेलाडीहरुका लागि यही मङ्सिर १५ गतेदेखि देहिमाडौँमा बन्द सत्र सञ्चालन गरिने जनाइएको छ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट मङ्सिर २० गतेदेखि धनगढीमा सञ्चालन हुनेछ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ । उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २७ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हँुदैछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर