प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई ओलीको प्रश्न :एमसीसी के गर्ने ? बोल्नुपर्दैन ? — OSNepal

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई ओलीको प्रश्न :एमसीसी के गर्ने ? बोल्नुपर्दैन ?

LC (KTM) September 04, 2021 0

काठमाडौं १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे गठवन्धन सरकालाई प्रश्न गरेका छन् ।

आज शनिबार पार्टीको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसी के गर्ने हो भन्दै प्रश्न गरेका हुन् ।

‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु चुपचाप छन्’ आक्रोशित हुँदै ओलीले भने ।

चीन सँग सीमा विवाद नभएको दावी गरेका ओलीले कार्यक्रममा गवठन्धन सरकारलाई चुनौती दिँदै अध्यय समितिले सीमा विवाद देखाउन समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर