प्रधानमन्त्री देउवा र प्रचण्डलाई निम्तो दिइएको छ, तर एमाले विभाजन गर्ने माधव नेपाललाई छैन : शेरबहादुर तामाङ — OSNepal

प्रधानमन्त्री देउवा र प्रचण्डलाई निम्तो दिइएको छ, तर एमाले विभाजन गर्ने माधव नेपाललाई छैन : शेरबहादुर तामाङ

LC (KTM) November 20, 2021 0

काठमाडौं ४ मंसिर । नेकपा एमालेका पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशनमा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीलाई निम्तो नदिएको बताएका छन् ।

पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्तो दिइसकेको बताएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा नेता तामाङले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेको र अन्य राष्ट्रिय दलका नेताहरुलाई निम्तो निम्तो गरेको जानकारी दिएका हुन् ।

एमालेको विभाजनको लागि जुन हर्कत माधव नेपालबाट भयो त्यस कारण आफुहरुले नेकपा एस लाई निम्ता नदिएको बताएका हुन् ।

‘माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ नेपालहरू पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ । हाल उहाँहरुलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौं ’ कार्यक्रममा नेता तामाङले भने ।

अध्यक्ष प्रचण्ड भने आउनेमा आफुहरु विश्वस्त रहेको पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर