प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा हुने भाइब्रेन्ट गुजरात समिट स्थगित — OSNepal

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

LC (KTM) January 06, 2022 0

काठमाडौं २२ पौष । भारतको गुजरातमा हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ । यही जनवरी १० देखि १२ सम्म आयोजना हुने भनिएको
भाइब्रेन्ट गुजरात समिट स्थगित भएको हो ।

भारतीय सञ्चार माध्यम एएनआईले दिएको जानकारी अनुसार ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गर्नुपरेको हो ।

यही समिटमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पौष २५ गते चार दिने भारत भ्रमणमा जाने कार्यातालिका रहेको थियो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतका दिनहुँ बढ्दै गएपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग समेत गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर