प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री भन्दा कम छैन :प्रचण्ड — OSNepal

प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री भन्दा कम छैन :प्रचण्ड

LC (KTM) November 24, 2021 0

नगढी ८ मंसिर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्री भन्दा कम नभएको बताएका छन् ।

बुधबार कैलालीमा आयोजित एक उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री पदमा नभएपनि प्रधानमन्त्री भन्दा कम नभएको बताएका हुन् ।

‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ’ प्रचण्डले भने । कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले भनेको नमान्दा प्रधानमन्त्री पद गुमाउन परेको बताएका छन् ।

सातै प्रदेशबाट हात धुन परेका ओलीले आफुले भनेको जति केही काम नगर्ने कसम खाएर बालुवाटारबाट बालकोट पुगेको बताएका छन् । ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे ।’ कार्यक्रममा प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर