'प्रधान्यायाधीशको निरन्तरताका लागि पहल गरे न्यायाधीश विरुद्ध पनि आन्दोलनमा उत्रिनेछौं' — OSNepal

‘प्रधान्यायाधीशको निरन्तरताका लागि पहल गरे न्यायाधीश विरुद्ध पनि आन्दोलनमा उत्रिनेछौं’

LC (KTM) November 16, 2021 0

काठमाडौँँ ३० कात्तिक । नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको निरन्तरताका लागि आफुहरुलाई मान्य नहुने बताएका छन् ।

विगत तिन साता देखि प्रधानन्यायाधीशको विरुद्धमा भइरहेको विरोध आन्दोलनमा सहभागी भएका चार न्यायाधीश आन्दोलन छाडी नियमित इजलासमा फर्किएपछि पौडेलले जवरालाई निरन्तरता दिन भएको भन्दै आरोप लगाएका छन् ।

मंगलबार भएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको भन्दै खवरदारी गरेका छन् ।

उनले भनेका छन्, ‘प्रधान्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य हुने छैन । तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौं ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर