प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्ने, नेपालले सबै लाज सरम पचाए — OSNepal

प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भन्ने, नेपालले सबै लाज सरम पचाए

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रचण्डपथ अँगालेर कम्युनिष्ट आन्दोलन सिध्याउ लागेको आरोप लगाएका छन् । आज सोमबार ७० औं मदनभण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले नेपाल लाज सरम पाचेको व्यक्ति भन्दै यस्तो आलोचना गरेका हुन् ।

कार्यक्रममा ओलीले माधव नेपाल भन्ने एक जना कांग्रेसको पछि लागेका छन्,प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने यति सम्म पनि पतन हुने कुरा नेपालले स्पष्ट पारेको बताएका छन् ।

‘कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने’ , कार्यक्रमा ओलीे भनेका छन्, यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर