प्रविशा अधिकारी र सिडी बिजय अधिकारीको नयाँ गीत 'म जीउन सक्दिँन' मा अदिती र शिशिरको रोमान्स — OSNepal

प्रविशा अधिकारी र सिडी बिजय अधिकारीको नयाँ गीत ‘म जीउन सक्दिँन’ मा अदिती र शिशिरको रोमान्स

LC (KTM) November 24, 2021 0

शिशिर भण्डारीको अभिनयमा नयाँ गीत म जीउन सक्दिँनको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिशिरले नयाँ मोडेल अदिती खरेलसँग रोमान्स गरेका छन् । यता अर्का पुरुष मोडेलमा निरायु गौतम रहेका छन् । कालिन्चोक र पाँचखालका रमणिय दृश्यहरुमा खिचिएको गीमा ऊँ सुनारको शव्द र सँगीत रहेको छ । कुनै फिल्मको गीत भन्दा कम नलाग्ने यस गीतको छायाँकन २३ दिन लगाएर गरिएको हो । गीतलाई सन्तोष राजवाहकले निर्देशन गरेका छन् भने गीतमा उनकै नृत्य निर्देशन रहेको छ । शिशिर भण्डारी आफुले गरेको अहिलेसम्मकै रोमान्टिक भुमिका यस गीतमा रहेको बताउँछन् । गीतको अडियो पनि फिल्मी शैलीको भएका कारण दर्शकहरुले मन पराउनेमा उनी ढुक्क छन् ।

यता गीतकी नव कालकार अदिती खरेलको कामलाई पनि धेरैले रुचाएका छन् । पहिलो म्युजिक भिडियो भएपनि दर्शकहरुले उनलाई राम्रो तारिफ दिएका छन् । अर्का मोडेल निरायु गौतम पनि गीतको रेस्पोन्सले खुशी छन् । ज्ञानेन्द्र शर्मा हुमागाईले यस गीतलाई खिचेका हुन् । ज्ञानेन्द्रले कालिन्चोकको रमणिय दृश्यहरुमा गीत खिच्दा मज्जा आएपनि त्यहाँको परिवर्तनशिल मौसले भने आफुहरुलाई निकै दुख दिएको बताए । निकै मेहेनतका साथ काम गरिएकाले उनी दर्शहरुलाई गीत हेरेर सल्लाह दिन अनुरोध गर्दछन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर