प्रहरीले हात पार्यो ठुलो सफलता, रक्तचन्दनको ३३ लिटर तेलसहित १० तिलगंगाबाट पक्राउ — OSNepal

प्रहरीले हात पार्यो ठुलो सफलता, रक्तचन्दनको ३३ लिटर तेलसहित १० तिलगंगाबाट पक्राउ

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट रक्तचन्दनको ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेका छन् ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले दिएको जानकारी अनुसार उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री लागिएको बताइएको छ ।

पक्राउ परेकाहरुमाथि थप प्रहरीले अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर