प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर तिन करोड भन्दा बढी रकमको अनियमितता — OSNepal

प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर तिन करोड भन्दा बढी रकमको अनियमितता

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर तिन करोड भन्दा बढी रकमको अनियमितता गरेको बाहिर आएको छ ।

फर्जी कागजात बनाएर प्राइम लाइफ इन्स्योरेन्सले २९ जना कर्मचारी नियुक्त गरेको बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले अनुगमन टोलीले जनाएको छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७६/७७ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ शाखामा कर्मचारी नियुक्त गरिएको विवरण बनाइएको पाइएको छ ।

प्रारम्भिक अनुसन्धानले कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको संलग्नता रहेको देखाए पनि विस्तृत अनुसन्धान भइरहेको समितिले जनाएको छ ।

बिमा ऐन, २०६३ अनुसार यस्तो कसुर गर्नेलाई १० हजार रुपैयाँ जरिवाना वा २ वर्षसम्म कैद हुनसक्ने व्यवस्था रहेको छ ।

तथापी, कम्पनीका सूचना अधिकारी चिरायु भण्डारीले भने प्रक्रिया पूरा गरेर नै कर्मचारी भर्ना गरिएको दावी गरेका छन् ।

यो विषय अहिले बाहिर आए पनि चार वर्ष पुरानो भएको भन्दै क्रिया पुर्‍याएरै काम भएको उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर